अशोक राईको नेतृत्वमा सरकारमा जाँदै जसपा


काठमाडौं – जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ ।

दुई मन्त्रालय पाउने पार्टीले राईको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको जसपाका एक नेताले बताए ।

त्यस्तै जसपाबाट अर्को मन्त्रीको राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् । ती मध्ये एक जना मन्त्री बन्नेछन् ।

पार्टीले मन्त्री छान्ने अधिकार भने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । स्रोतका अनुसार जसपाले सहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ ।

प्रतिक्रिया