महामन्त्री शर्मा भन्छन्, ‘प्रधानमन्त्रीज्यु ! आफूविरुद्ध नारा लगाएका युवालाई रिहाइको पहल गर्नुस्’


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नारा लगाउने युवाको रिहाइको माग गरेका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् हालै प्रधानमन्त्रीको विरोध गर्दै नारा लगाउने युवाको मुख थुनेर मुद्दा चलाइनु आपत्तिजनक भएको बताउँदै उनीहरुको रिहाईको लागि पहल गर्न माग गरेका छन् ।

शर्माले लेखेका छन्,

लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन ! प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो !
सम्माननिय प्रधानमन्त्रीज्यु ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न / गराउन अविलम्ब पहलको माग गर्दछु !

प्रहरीले नारा लगाउने ३ जना युवाहरुलाई मुद्दा चलाएर प्रमुख जिल्ला अधिकारीको आदेश भएअनुरुपको धरौटी बुझाउन नसक्दा तिनै जना जेल चलान भएका छन् ।

उनीहरू ५/५ हजार धरौटीमा छाड्न आदेश दिए पनि उनीहरु धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।

प्रतिक्रिया