
मन्त्रीमण्डल बिस्तार हुनुअघि आरजु पुगिन् दिल्ली
काठमाडौं – नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् ।
सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।
मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन् ।
यता नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आजका लागि तोकिएको बैठक दुई दिन पछि सार्नुलाई पनि राणाको भारत भ्रमण कारकतत्व हुनसक्ने आंकलन गरिएको छ । नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ ।



कागजपत्र |
