बोकालाई संगिनी सुई !

गुल्मीको धुर्कोट गाउँपालिकाका २ वटा वडामा बाख्राको बोकालाई संगिनी सुई लगाइएको पाइएपछि गाउँपालिकाको नलगाउन चेतावनी


तम्घास — गुल्मीमा बाख्राको बोकापाठामा संगिनी सुई लगाइएको छ । धुर्कोट गाउँपालिकाका वडा नं. १ र ७ का बोकापाठामा महिलाका लागि गर्भनिरोधका लागि प्रयोग गरिने तीन महिने संगिनी सुई लगाएको पाइएको छ ।

सोमबार गाउँपालिकाले सूचना नै निकालेर त्यसरी संगिनी सुई नलगाउन सचेत गराएको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ज्ञानुराम पन्थीले सूचनामा जनाएका छन् । उनले आइन्दा यसरी सुई नलागाउन समेत सचेत बनाएका छन् ।

पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तीन महिने सुई लगाएको बताइएको छ ।

आगामी दिनमा यसरी सुई लगाए कानुनअनुसार कारबाही गरिनेसमेत सूचनामा चेतावनी दिइएको छ ।

प्रतिक्रिया