भौतिक पूर्वाधारमन्त्री श्रेष्ठद्वारा ३ महिनाको प्रगति विवरण सार्वजनिक, समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही (पूर्णपाठ)


काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनामा गरेको कामको ‘प्रगति’ विवरण सार्वजनिक गरेका छन् ।

उनले आफुले ३ महिनामा गरेको कामलाई ३० बुँदामा समेटेर सार्वजनिक गरेका हुन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले गरेका नीतिगत, सुशासन र कानुनी काम-कारबाही सार्वजनिक गरेका हुन् ।

परिणाम दिनका लागि आफूले भौतिक पूर्वाधारमा काम गरेको उनले बताए । यस क्षेत्रको सुधारका लागि विज्ञ समिति गठन गर्नेदेखि पूर्वाधारको विकासका निम्ति निर्माण व्यवसायीसँग छलफल गरेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले निर्माणको जिम्मा लिएका व्यवसायीले सम्झोता अवधिभित्र काम नसके विभिन्न बाहानामा काम ढिलाइ गरे कारबाही हुने चेतावनी दिए । ‘विकासको आधार पूर्वाधार निर्माण हो । यो पनि समयमा भएन भने हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘अहिलेसम्मको हाम्रो व्यवहारले पनि देखाएको छ । हामी काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छौँ ।’

काम समयमा सकेका निर्माण व्यवसायीलाई समयमै भुक्तानी गरिने उनको भनाइ छ ।

प्रतिक्रिया