

पद्मकन्या क्याम्पसकी नेविसंघ ईकाई सभापति कँडेलमाथि आक्रमण

काठमाडौं – बागबजारस्थित पद्मकन्या क्याम्पसस्थित नेविसंघकी इकाई सभापति सगुन कँडेलमाथि आक्रमण भएको छ ।
गएराति क्याम्पस परिसरसबाट निस्कँदै गरेकी कँडेलमाथि नेविसंघकै अर्को पक्षले आक्रमण गरेको जानकारी नेता लक्ष्मी खतिवडाले दिइन् ।
‘पद्यकन्यामै छलफलपछि निस्कँदा सामान्य वादविवादमा घम्साघम्सी हुँदा सगुन बहिनीलाई टाउकोमा हल्का चोट लागेको हो । उनी मेरो बाइकको पछाडि थिइन् । पछाडिबाट उनीमाथि आक्रमण हुँदा बाइक लड्यो उनलाई चोट लाग्यो । म पनि लडें,’ खतिवडाले भनिन्, ‘आन्तरिक विवादमा वादविवाद हुँदा नेविसंघकै साथीहरूले आक्रमण गरेका हुन् ।’
समानुपातिक सूची पठाउने विषयमा नेविसंघभित्र लफडा भएको एक विद्यार्थी नेता बताउँछन् ।

