

वीर अस्पतालमा यथाशीघ्र पदाधिकारी नियुक्त गर्न ट्रेड युनियनको ज्ञापनपत्र

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी ट्रेड युनियन वीर अस्पतालले प्रतिष्ठानको पदाधिकारीमा बरिष्ठ प्राध्यापकमध्येबाट नियुक्तिको लागि माग गरेको छ ।
युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई एक ज्ञापनपत्र बुझाए उक्त माग राखेको हो ।
युनियनले पदाधिकारीमा कम्तीमा ५१ प्रतिशत वीर अस्पतालमै कार्यरत चिकित्सक वा कर्मचारीमध्येबाट नियुक्त गर्नुपर्ने समेत माग राखेको छ । युनियनले उक्त ज्ञापनपत्र स्वास्थ्य सचिवलाई समेत बुझाएका थिए ।

