

मन्त्री छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भोली बस्ने

काठमाडौं — नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक (भोली) मंगलबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने बुझिएको छ ।
कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

