

लम्कीचुहामा एक जना मृत फेला

धनगढी – कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।
उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

