फेवातालको सिमसार क्षेत्र पुरिरहेका २ ट्रिपर महानगरको नियन्त्रणमा


पोखरा – फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा ट्रिपरलाई पोखरा महानगरले नियन्त्रणमा लिएको छ ।

फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाको २ वटा जेसिवी र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।

 

प्रतिक्रिया