

महागढीमाईको दर्शन गर्न बारा जाँदै उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव महागढीमाईको दर्शन गर्नका लागि आज बारा जाने भएका छन् ।
आज उनले बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ ।
महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, भोलि (चैत १३) गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ ।
सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।
उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको छ ।

