

मानहानी मुद्धाका दोषी राहुल गान्धीको सांसद पद खारेज

काठमाडौं – भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ ।
चार वर्ष पुरानो एक आपराधिक मानहानीमा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।
उनले एक कार्यक्रममा बोलेको आभिव्यक्तिले व्यक्तिको मानहानी भएको भन्दै दायर गरेको मुद्धामा भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।
भारतीय जनता पार्टी गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीले दिएको सो अभिव्यक्तिले मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए । दोषी ठहर भए पनि हालसम्म उनलाई कुनै सजाय तोकिएको छैन ।

