

स्ववियु निर्वाचनको माग गर्दै अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुकाे आन्दोलन

काठमाडौँ – अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।
क्याम्पस प्रमुख लोकबहादुर बरालले स्ववियु निर्वाचन गराउन नचाहेको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको हो ।
अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण चैत ५ गते स्ववियु निर्वाचन हुन सकेको थिएन् । अहिले पनि क्रान्तिकारीको तालाबन्दी यथावत रहेको छ । जसले गर्दा अमृतमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
उच्च अदालत पाटनले समेत यथाशिघ्र स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिसकेको छ । १५ दिनभित्रमा निर्वाचन हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न भनेको थियो । अनेरास्ववियुले अमृत क्याम्पसमा स्ववियु निर्वाचनको मिति घोषणा गर, विद्यार्थीहरूको मताधिकारको सुनिश्चितता गर भन्दै आन्दोलन गर्दै आएको छ ।

