
कांग्रेस प्रतिनिधि सभा विघटनको विरुद्धमा छ : डा.महत
वीरगञ्ज – नेपाली कांग्रेसका नेता रामशरण महतले प्रतिनिधि सभा विघटनपछि घोषणा गरिएको मध्यावधी चुनावले कांग्रेसलाई राम्रो अवसर प्राप्त भएको भएपनि आफूहरु विघटनको विरुद्धमा भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले वीरगञ्जमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता महतले यस्तो बताएकाे हुन् । प्रतिनिधि सभा विघटनले कांग्रेसलाई फाइदा हुने भनी धेरैले टिप्पणी गरिरहेको भएपनि काँग्रेस पार्टीगत नभई राष्ट्रगतका हितका लागि प्रतिबद्ध भएको उनको भनाई छ ।
त्यसैले काँग्रेस प्रतिनिधि सभाको पुनस्र्थापनाको पक्षमा रहेको नेता महतले स्पष्ट पारे । सरकारले संवैधानिक पदहरुमा गरेको नियुक्तिमा पनि उनले आपत्ति जनाए । सरकारले देशको आर्थिक सामाजिक क्षेत्रलाई सुधान गर्ने तिर ध्यान दिनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी देशमा राजनैतिक संकट सिर्जना गरेको आरोप समेत डा. महतको रहेको छ ।



कागजपत्र |
