

स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परिक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
बिहीबार शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, ‘राष्ट्रपति ज्यूको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’
त्यसैगरि, राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरमै रहेको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा परीक्षण पनि गराएका छन्। उनको प्रा डा सगुन जोशीले आँखा परीक्षण गरेका थिए।

