बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल


काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।

प्रतिक्रिया