

गठबन्धन बैठकमा सरकारलाई पूर्णता दिनेबारे औपचारिक छलफल

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक विश्वासको मत पाएसँगै सरकारलाई पूर्णता दिने तयारी थालेका छन्। यसका लागि उनले औपचारिक/अनौपचारिक छलफल अघि बढाएका छन्।
जसअन्तर्गत बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका चार दलको बैठक बस्यो। बैठकमा सरकार विस्तारबारे प्रारम्भिक छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लेखकले बैठकमा देशको समसायिक राजनीतिका विषय र सरकार विस्तारबारे छलफल भएको बताए।

