

राष्ट्रपति पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ । पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।
यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर। थम्पसनले भेट गरेका थिए ।

