बालुवाटारमा सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक जारी


काठमाडौं – सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

बालुवाटार स्रोतका अनुसार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ।

यसअघि सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका हुन्। बैठकमा अरू दलका नेताहरू पनि पछि सहभागी हुनेरनहुनेबारे केही खुलाइएको छैन।

चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन् । खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया