

दक्षिणकालीमा जिप दुर्घटना, एक जनाको मृत्यु, ८ घाइते

काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ झ ३४२४ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो।
मृतकको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

