

कांग्रेससहितको सरकारलाई सफल बनाउने जिम्मेवारी काँधमा आएको छ, गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकरदुई दिनमा कांग्रेस अहिलेको सरकारमा सहभागी हुने बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज बत्तिसपुतलीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कोइरालाले सरकारमा गएर गल्ती गर्ने छुट अब कांग्रेसलाई नहुने बताए ।
‘एकरदुई दिनमा नेपाली कांग्रेस सरकारमा जाँदैछ। अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन,’ उनले भने, ‘कुनै किसिमको कमीकमजोरी अब कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई कांग्रेसले गम्भीर रूपले लिएको छ।’
उनले कांग्रेस पनि सहभागी हुने अहिलेको सरकारलाई सफल बनाउनुपर्ने पनि बताए । ‘अहिले प्रचण्डजीको नेतृत्वमा सरकार छ। १० दल छन्। ती दलहरूलाई सम्हालेर अघि बढ्ने जिम्मेवारी कांग्रेसकै हो,’ कोइरालाले भने, ‘कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ। यो सरकारलाई राम्ररी चलाएर अघि बढ्नुपर्छ।’

