

यस्ता छन् मन्त्रीपरिषद बैठकका १० निर्णय

काठमाडौं – सरकारले मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले आज बिहान बसेको निर्णय सार्वजनिक गरेकी हुन् ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्ने लगायत १० वटा निर्णय गरेको छ ।
यस्ता छन् निर्णयहरु :
-कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कृषकहरुलाई उपलब्ध गराइदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने ।
–विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यूरोपियन यूनियनबाट प्राप्त हुने ५० मिलियन यूरो ९करिव ६ अर्ब ५७ करोड० बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
–नेपाल र बंगालदेशबिच क्जबचष्लन या च्भब ित्ष्mभ ज्थमचय–mभतभयचययिनष्अब िम्बतब बलम ष्लायचmबतष्यल ायच ायियम ँयचभअबकतष्लन बलम ध्बचलष्लन को समझदारीपत्र ९ःयग्०मा हस्ताक्षर गर्न स्वीकृति दिने ।
–विद्युत नियमन आयोगका सदस्य श्री रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने ।
–नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा श्री बसन्तबहादुर कुँवर, श्री टेकप्रसाद राई, श्री दीपक थापा, श्री श्यामलाल ज्ञवाली र श्री किरण बज्राचार्यको बढुवा गर्ने ।
–प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकूहरुलार्ई कार्यबिधि बनाइ राहत उपलब्ध गराउने ।
–राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका १ को करिव २८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने ।
–नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्का, भरतपुर ११ चितवनलाई नियुक्त गर्ने ।
–दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने ।
–नेपाली सेनाको Land Force Talks (LFT) को चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने ।

