

बंगलादेशमा बस दुर्घटना : १९ जनाको ज्यान गयो, २५ घाइते

काठमाडौं – बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।
केही समयअघि मात्रै निर्माण गरिएको द्रुत मार्गमा यात्रुवाहक बस दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । तीव्र गतिमा रहेको बस सडकको रेलिङमा ठोकिएर खाडलमा खसेको बङ्गलादेशको प्रहरीले जनाएको छ ।
पुराना तथा नियमित मर्मत नगरिएका गाडी तथा खराब सडकका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गएको वर्ष बङ्गलादेशमा सडक दुर्घटनामा परि नौ हजार नौ सय ५१ जनाको ज्यान गएको थियो ।

