मिटरब्याजीपीडित काठमाडौंसम्म पैदल यात्रामा


सर्लाही – मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंको पैदल यात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटक–पटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंका लागि पैदल यात्रामा निस्केका हुन् ।

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौंका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौंसम्मको पैदल यात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताए । सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौं पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताइन् ।

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौंमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।

प्रतिक्रिया