
स्ववियु निर्वाचन : बाजुराको बूढीनन्दा क्याम्पसमा तनाव, प्रहरीद्वारा २४ राउन्ड हवाइ फायर
बाजुरा – त्रिभुवन विश्वविध्यालय (त्रिवि) अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा आज (आइतवार) बाजुराको बूढीनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ।
झडपले हिंस्रक रुप लिन लागेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन २४ राउण्ड हवाइ फायर गरेको छ। झडपले उग्र रुप लिँदै गएपछि प्रहरीले अश्रुग्यास र २४ राउन्ड हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कविन्द्रसिहं बोहोराले बताए ।
हवाइ फायरपछि मतदान अघि बढे पनि फेरि स्थगित भएको छ । नेविसंघसहित सत्ता गठबन्धनका विद्यार्थीहरूले खुकुरी देखाउँदै निर्वचान भाँड्न खोजेको प्रहरीले जनाएको छ।
झडपले उग्ररूप लिएपछि हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ। त्यहाँ ४ सय १२ मतदाता थिए। २ सय ५३ मत खसेपछि मतदान रोकिएको हो। मतदान अघि बढाउन गठबन्धन र अनेरास्ववियुबीच बैठक भइरहेको क्याम्पसले जनाएको छ।



कागजपत्र |
