राष्ट्रपति पौडेलसँग ललितपुरका जनप्रतिनिधिको भेट


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग ललितपुरका जनप्रतिनिधिहरुले भेट गरेका छन् । आइतबार ललितपुरका विभिन्न तीन स्थानीय तहका जनप्रतिनिधिहरुले भेट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी  नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन लगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयवासीको सहभागिता थियो ।

उक्त अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्र्गीय सत्यमोहन जोशीद्धारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु हस्तान्तरण गरेका थिए ।

त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया