अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्याे


काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ । शुक्रबार कारोबार बन्द हुँदा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल ६६-७४ डलरमा झरेको छ ।

कच्चा तेलको मूल्य केही महिनादेखि नै अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको छ ।

९ महिनाको अवधिमा औसतमा कच्चा तेलको भाउ ५० डलर झरिसकेको छ । गत जुन ९ मा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल १२१ डलरसम्म पुगेको थियो । त्यस्तै शुक्रबार मार्स यूस तेलको भाउ ६७।२४ डलरमा झरेको छ ।

प्रतिक्रिया