सुर्खेत उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या, धावनमार्गमा पुगेपछि टेकअफ लिन सकेन


काठमाडौं — काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ ।

शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको एक यात्रुले जनाए ।

जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

 

प्रतिक्रिया