

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

बुटवल – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा जिप दुर्घटना भएको छ ।
बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु१ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका बाड नम्बर ४ मा दुर्घटना भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए । घाइतेमध्ये गम्भीर घाइते २ जनालाई उपचारका लागि बुटवल ल्याउँदै गरिएको छ । बाँकीको स्थानीय मेडिकलमा उपचारका भइरहेको प्रहरीले जनाएको छ।

