

१४ जना पत्रकार पुरस्कृत हुने

काठमाडौं – नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२ औं साधारण सभा तथा अन्तर्किया समारोह आयोजना गर्दैछ । शनिबार कमलादीको प्रज्ञा भवनमा सो कार्यक्रम गर्न लागेको हो । पत्रकार महासंघले विज्ञप्ती निकाल्दै अग्रज पत्रकार सम्मान तथा पत्रकारिता नामक स्मारिकाको लोकापर्ण गर्ने समेत उल्लेख गरेको छ ।
शाखाले आफ्नो पुर्व सभापति अशोक श्रेष्ठ लगायत अन्य दिवंगत पत्रकारहरूको स्मृतिमा स्थापना गरेको पुरस्कार तथा सम्मान पनि साधारण सभाको अवसरमा वितरण गरिने उल्लेख छ । विभिन्न आरोह अवरोह पार गर्दैं शाखा आफ्नो ११ औं अधिवेशनको सम्मुखमा आइपुगेको छ । साधारण सभाको अवसरमा शाखाका गतिविधी समेटेर विगतमा झै ‘पत्रकारिता’ नामको स्मारिका प्रकाशन गरेका छ ।
‘आजका दिनमा काठमाडौं शाखाले उठाएका मुद्दा र गरेका कामको सबैले चर्चा गर्न थालेको पाइएको छ । शाखालाई यो रुपमा उभ्याइरहँदा हाम्रा अग्रजहरूको विराशत, योगदान र स्मृतिको हामी सदा सम्झना गरिहरने प्रतिवद्धता जनाउँछौं ।’ अध्यक्ष शन्तराम बिडारीले भने ।
यसअघि ७ वटा पुरस्कार तथा सम्मान रहेकोमा १० औं अधिवेशन यता शाखाले वरिष्ठ तथा कर्मठ ६ पत्रकार गुमाएको छ । विगतका ७ र यो पटक थपिएका ६ गरी १३ जना अग्रजहरूको नाममा प्रतिव्यक्ति २० हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गर्दैछ भने विगतमा अग्नीशिखा र तारा न्यौपानेको नाममा संयुक्त रुपमा दिँदै आएको पुरस्कार यसपटकबाट अलग–अलग वितरण गरिने भएको छ । यसपटक पुरस्कारका लागि १४ जना पत्रकारहरू छानिसकेकोे छ ।
को को छन् त पुरस्कृत हुने ?
१. अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित
२. अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ
३. शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा
४. जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल
५. शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा
६. डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात
७. वाशुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल
८. मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे
९. चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास
१०. रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले
११. गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा
१२. एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही
१३. तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी
१४. फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी


