रोहितको गृहनगर बर्दघाटमा मनाइयो खुशीयाली, उनका बुवा आमालाई सम्मान


नवलपरासी – नेपाली राष्ट्रिय टिमले युएईविरुद्ध शानदार जित हात पार्दै विश्वकप छनोटका लागि छनोट भएपछि क्रिकेट कप्तान रोहित पौडेलको गृहनगरमा खुशीयाली मनाइएको छ ।

बिहीबार साँझ नेपालले जित हात पारेपछि पौडेलको गृहनगर बर्दघाटमा खुशीयाली मनाउँदै उनका बुबा–आमालाई सम्मान गरिएको थियो ।

विश्वकप छनोटका लागि नेपालले युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै लिगको तेस्रो स्थानमा रहेर विश्वकप छनोटका लागि छनोट भएको थियो ।

बर्दघाटका खेलाडी पौडेलको कप्तानीमा नेपालले पछिल्लो १२ खेलमा ११ खेलमा जित हात पार्दै एकदिवसीय मान्यता कायम राख्दै विश्वकप छनोटका लागि छनोट भएको हो ।

प्रतिक्रिया