भूकम्पले चर्किएका घर मर्मत


डडेल्धुरा – गत महिना गएको भूकम्पका कारण चर्किएका घर मर्मत हुन थालेका छन्। जिल्लाको अमरगढी नगरपालिका ७ पोखरामा गत कार्तिकमा गएको भूकम्पले चर्काएका घर मर्मत गरिएका हुन।

अमरगढी नगरपालिका-७ पोखराकी द्रोपती भट्टराईको भूकम्पले चर्काएको घर एक गैरसरकारी संस्थाको सहयोगमा मर्मत गरिएको जनाईएको छ। १५ वर्ष पहिले १५ लाखमा बनेको घरभूकम्पका कारण बस्न लायकको नरहेको द्रोपतीले बताईन।

श्रीमानको मृत्यु भएका कारण पनि उनलाई घर मर्मत गर्न समस्या परेको थियो । तर जिल्लास्थित अमरगढी नगरापलिका र गगैरसरकारी सस्थाको सहयोगमा र मर्मत गरिएको द्रेपतीको भनाइ छ।

द्रोपतीको घरलाई प्रवलीकरण (रेट्रोफिटिङ) गरी मर्मत गरिएको हो। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ र ७ मा लागू भएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनाले भूकम्पीय जोखिममा परेका घरको प्रवलीकरण विधिबाट मर्मत गरिरहेको छ।

प्रतिक्रिया