रासायनिक मल अनुदान कटौती फिर्ता लिन माग


काठमाडौं – सरकारले रासायनिक मलमा किसानलाई सरकारले दिदै आएको अनुदान रकम कटौती गरेकोमा किसान सम्बद्ध संगठनहरुले विरोध गरेका छन्।

कटौतीको निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय कृषक समूह महासंघ, नेपालले माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै मल अनुदानमा गरेको कटौती फिर्ता लिन माग गरेको हो।

सरकारले किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेर प्रतिकिलो युरियामा ११ रुपैयाँ, डीएपीमा ७ रुपैयाँ र पोटासमा ९ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघकाअनुसार उत्पादनको समर्थन मुल्य प्राप्तिमा बञ्चितीकरण, किसानलाई उत्पादनमा प्रोत्साहित गर्नुको साटो सरकारबाट हुने यस्ता गतिविधिले उत्पादन लागत बढेर जाँदा किसानहरूमा पेशागत नैराश्यता बढने छ।

‘पेशा पलायनता बढदै जाने तीव्र सम्भावना रहेकाले किसानको उत्पादन लागत बढाउने गरी मल अनुदानमा दिईदै आएको अनुदान कटौतीले किसानलाई आर्थिक बोझ हुने पक्का छ। यसर्थ यस निर्णय अविलम्ब फिर्ता गर्न जोडदार माग गर्दछौ,’ विज्ञप्तिमार्फत भनिएको छ।

प्रतिक्रिया