

उपराष्ट्रपति पुनले छोडे सरकारी निवास

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छोडेका छन् । उपराष्ट्रपति भवन हरितगृहबाट पुन निजी निवास चन्द्रागिरि नगरपालिका वडा नं। १ दहचोकमा सरेका हुन् । उपराष्ट्रपति पुन
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि निजी निवासमा सरेका हुन् । नयाँ उपराष्ट्रपतिको लागि भोलि निर्वाचन हुँदैछ। उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवास सरेका हुन्।
नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्ने पुनको सचिवालयले जनाएको छ ।

