युएईका कप्तान वसिमको उत्कृष्ट ब्याटिङसँगै दोस्रो विकेटको खोजीमा नेपाल


काठमाडौं – विश्वकप लिग २ को अन्तिम खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमले आक्रामक ब्याटिङ गर्दै नेपालको सातो लिइरहेका छन् ।

युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए । तर दोस्रो विकेटका लागि यूएईले बलियो पार्टरसीप गरिरहेको छ ।

मोहम्मद वसिम नेपालका लागि खतरनाक बनिरहेका छन् । हिजो पीएनजीविरुद्ध विस्फोटक शतक बनाएका उनी आज पनि त्यही फर्ममा खेलिरहेका छन् ।

नेपालले दुईवटा क्याच मिस गर्नु दुर्भाग्यपूर्ण रह्यो । भृत्य अरविन्द र वसिमको क्याच सोमपाल कामीले छुटाएका हुन् । यद्यपि, दुवै क्याच कठिन थिए ।

प्रतिक्रिया