

नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।
विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन्।
नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

