

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

हेटौंडा – मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो मकवानपुरको भीमफेदी-४, ठूलो गुन्डेङ भन्ने स्थानमा भैँसेतर्फ आउँदै गरेको ना२ह ४६८९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सिमा खस्दा अटो चालक भीमफेदी-२, भैँसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै आजै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभ¥याङमा नवलपुरबाट हेटाैँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको मालवाहक गाडीले ठक्कर दिँदा हेटौँडा–१४, नयाँबस्ती बस्ने ५० वर्षीया शान्तीमाया मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

