

१० दलबीच गठबन्धनको बैठक : दलीय एकतालाई थप मजबुद बनाउने समझदारी

काठमाडौं – १० दलीय गठबन्धन दलको बैठकले दलीय एकतालाई थप मजबुद बनाउने समझदारी गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनको मर्म अनुसार अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताउँदै उनले १० दलीय गठबन्धनलाई थप मजबुद बनाउँदै अघि बढ्ने समझदारी भएको बताइन्।
उनले भनिन्, ‘आज समसामयिक राजनीतिक घटनाक्रममा विषयमा छलफल भयो। धेरै विषय बैठकमा उठे। हाम्रो गठबन्धनलाई थप मजबुद बनाउँदै लैजाने भन्ने विषयमा पनि छलफल भयो।’
उनले उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने समझदारी भएको बताइन्।

