युएईलाई जितका लागि २३५ रनको लक्ष्य


काठमाडौं – पपुवान्युगिनीले युएईका लागि २३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको पपुवान्युगिनीले ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनाएर युएईलाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए ।

गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए ।

युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।

लिग टू सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ ।

उता, युएई पनि पीएनजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अंक जोडेर अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया