उपराष्ट्रपति निर्वाचनः मतपत्रको नमूना सार्वजनिक, यस्तो हुनेछ फोटोसहितको मतपत्र


काठमाडौं – उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक गरेको हो ।

संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य) का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र छ ।

उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ । आयोगका अनुसार संघीय सांसदका लागि गुलाबी र प्रदेश सभा सदस्यका लागि हरियो रंगको मतपत्र उपलब्ध गराइनेछ ।

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदार छन् ।

अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ । यद्यपि यादवले आफ्नो उम्मेदवारी झिकेर जसपाकै यादवलाई समर्थन गरिसकेकी छिन् ।

प्रतिक्रिया