

युएईविरुद्ध पिएनजीले सुरु गर्यो ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग – २ अन्तर्गत आप्mनो अन्तिम खेलमा पपुवान्युगिनी (पिएनजी) ले युएईविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
अन्तिम खेलमा जित हात पार्ने लक्ष्यसहित पिएनजीले टस जितेर ब्याटिङ सुरु गरेको हो ।
लिगको अन्तिम स्थानमा रहेका यी दुई टिमबीच अन्तिम खेल राजधानीको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भइसकेको छ ।
आजको खेल पिएनजीको अन्तिम खेल हो भने युएई भोली नेपालसँग भिड्दैछ । पिएनजीको अहिलेसम्म ३५ खेलबाट ११ अंक रहेको छ भने युएईको ३४ खेलबाट ३१ अंक रहेको छ । पछिल्ला खेलहरुमा पिएनजीले युएईलाई पराजित गरिरहेको छ । युएईको घरेलु मैदानका दुवै र कीर्तिपुरमा सम्पन्न यी दुईबीचको खेलमा पिएनजीले बाजी मारेको थियो ।

