उपराष्ट्रपति उम्मेदवार यादवको शीर्ष नेताहरुसँग भेटघाट तिब्र, को-कोसँग मागे भोट ?


काठमाडौं – जसपाका उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफ्नो लागि मत माग्दै शिर्षस्थ नेताहरुसँगको भेटघाट तिव्र बनाएका छन् ।

जसपाका संसदीय दलका नेता समेत रहेका यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् । उनले प्रधानमन्त्रीसँग सिंहदबारमा भेटेर भोट मागेका थिए ।

सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाएका हुन् ।

त्यसअघि उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि चार जनाको उम्मेदवारी परेको छ ।

एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादव रहेका छन् भने जनमतबाट ममता झाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया