दौडधूपमा रामसहायप्रसाद, भोट माग्न पुगे माधव नेपाल निवास


काठमाडौं — उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिमा भोट माग्न यादव नेता नेपालको कोटेश्वस्थित निवास पुगेका हुन् । उनको साथमा जसपाका अर्का नेता एवं प्रदीप यादव समेत सहभागी थिए ।

सत्ता गठबन्धनका तर्फबाट यादव उम्मेदवार बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन जिताएर ल्याउने तयारीस्वरूप रामसहायलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइएको हो ।

पछिल्लो समय उनी भोट माग्दै शीर्ष नेताहरुको घर दैलोमा पुगिरहेका छन् ।

प्रतिक्रिया