

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – पपुवान्युगिनीविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात लागेको छ ।
नेपालका लागि सोमपाल कामीले दाेस्रो विकेट लिएका हुन् । पीएनजीका हिरि हिरी १४ रन बनाउँदै आउट भएका हुन् । उनले करण केसीबाट क्याचआउट भएका थिए ।
त्यसअघि ललितनारायण राजवंशीले पहिलो विकेट दिलाएका थिए । अहिले पीएनजी १७ रन बनाएर २ विकेट गुमाउँदै खेलिरहेको छ ।

