

देशभर थप ३ जनामा कोरोना पुष्टी

काठमाडौं – देशभर थप ३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको १८९० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा कुनै पनि संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छैनन् भने उक्त अवधिमा ५२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।

