

सन्दीपले दिलाए नेपाललाई पाँचौं सफलता

काठमाडौं – यूएईविरुद्ध दोस्रो इनिङमा नेपालले शानदार सुरूवात गरेको छ । पाँच ओभरभित्रै यूएईका ४ ब्याट्सम्यान आउट भएकोमा सन्दीप लामिछानेले १३ औं ओभरमा नेपाललाई पाँचौं सफलता दिलाएका छन ।
सन्दीपले आफ्नो दोस्रो ओभरमा युएईका अलराउण्डर रोहन मुस्तफालाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।

