
केपी शर्मा ओली बुद्धका असली उत्तराधिकारी : मण्डल
काठमाडौं – नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बुद्धका असली उत्तराधिकारी’ भनेका छन् ।
उनले ओलीलाई ‘शान्तिका र स्वाधीनताका प्रतीक’ का रुपमा प्रस्तुत गरे । मण्डलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत् जनसभामा बोल्दै उक्त कुरा बताएका हुन् ।
मण्डले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै विचारको राजनीति सकिएपछि सडकमा गएर ‘म यहाँ छु’ भनेर बसेको भन्दै कटाक्ष गरे। ‘आफ्नै पार्टीको सरकार ढाल्न अघि बढेकाहरू अहिले केही नलागेर सडकमा बसेका छन्’ उनले भने, ‘विचार र सिद्धान्त नभएपछि आफैं उनीहरूको हालत त्यस्तो हुन पुग्यो।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै विकल्प छैन, उहाँलाई हामीले गौतम बुद्धका उत्तराधिकारीका रुपमा लिएका छौं’, उनले भने, ‘उहाँलाई हामी सबै मधेसी र सम्पूर्ण मधेसको प्यार रहेको छ।’



कागजपत्र |
