‘नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’


काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता कृष्ण गोपाल श्रेष्ठले ओली समूह नै आधिकारिक भएको दाबी गरेका छन् । उनले प्रचण्ड–माधव नेतृत्वको नेकपालाई नक्कली सिसाको संज्ञा दिएका छन् ।

नारायणहिटी संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री श्रेष्ठले यस्तो भनेका थिए ।

‘सक्कली कम्युनिष्ट पार्टी हामी हौँ । नेकपाका नक्कली सिसाका टुक्राहरु फुटेर गए, सक्कली हिरा र सुन यता छन्’, श्रेष्ठले भने । संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नुपरेको भन्दै ‘लोकतन्त्र र संविधान गम्भीर संकटमा परको’ उनले बताए ।

श्रेष्ठले आगामी वैशाख १७ गते निर्वाचन सकिने र २४ गते विशाल जनसभा गर्ने बताएका छन् । ‘आगामी बैशाख १७ निर्वाचन सकिन्छ र २४ गते यस्तै विशाल जनसभा गर्छौ,’ श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया