

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

काठमाडौं – उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको प्रहरी हवल्दार शोभा कार्कीले जानकारी दिइन्।आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको उनले बताइन्।
आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

