

ट्रयाक्टरको ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु

इस्लामावाद – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्रयाक्टरको ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।
करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ । उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य सुरु गरेको उद्धार सेवाले जनाएको छ ।
साथै बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रु मात्र फेला परेको जनाइएको छ । केही यात्रुहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ ।

